२०८२, २५ असार बुधबार

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसँग पहल गरिँदै

पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न युनेस्कोसँग पहल गरिँदै


काठमाण्डौ । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल भए पनि काम अघि बढ्न सकेको थिएन ।

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताउनुभयो ।

अहिले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारीमा लागेको उहाँले बताउनु भयो । उहाँले युनेस्कोले दिएको मापदण्ड धेरैजसो पूरा भइसकेकाले अरु बाँकी पनि पूरा गरी पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ११ बजे

आठ जटिल रोगका बिरामीलाई सरकारले २ लाखसम्मको उपचार सुविधा दिने

काठमाडौं । सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,

रसुवागढी बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को मंगलबार

उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

काठमाडौं । उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११

आज देखि एशियन लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन

काठमाडौं । आज देखि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति  

काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४