२०८२, २९ पुस मंगलबार

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति संयोजकमा ज्योतिराज नियुक्त

आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति संयोजकमा ज्योतिराज नियुक्त


काठमाडौं । चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजकमा नियुक्त गरेका हुन् ।

राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष छन् ।

आदिवासी  जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातिबाट सिफारिस भएर आएका विभिन्न व्यक्तिमध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरु सदस्यहरुका लागि सिफारिस गर्ने मान्यता बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।

बोर्डले राईको संयोजकमा छ सदस्यीय समिति गठन गरेको हो  । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङहाङ, सगिना सुनुवार, अमृतामाया माझी छन् । समितिका सदस्य सचिवमा हरिसिंह रैखोला रहेका छन् ।

नवनियुक्त संयोजक राईले समितिले देशभर छरिएर रहेका आदिवासी चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवद्र्धन र बजार विस्तार गर्दै सक्षम बनाउने काम गर्ने बताए ।

आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने फिल्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।

‘सङ्गम, ‘त्रिवेणी’, ‘पापी मान्छे’, ‘वान वे’ र ‘प्रोड्युसर’का निर्मातासमेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  ४ : १६ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका