२०८३, १२ बैशाख आईतबार

एमालेको आगामी जिल्ला अधिवेशनको प्रतिवेदनमा समेट्नुपर्ने विषयहरु के के छन् ?

एमालेको आगामी जिल्ला अधिवेशनको प्रतिवेदनमा समेट्नुपर्ने विषयहरु के के छन् ?


काठमाडौँ । नेकपा एमालेको जिल्ला अधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत र पारित गर्नुपर्ने छ । एमाले महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै अधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत र पारित गर्नुपर्ने उल्लेख गर्नुभएको हो ।

अधिवेशनमा जिल्ला कमिटीको तर्फबाट प्रस्तुत गरिने राजनीतिक सांगठानिक प्रतिवेदन राम्रो गृहकार्यका साथ तयार गर्नुपर्ने परिपत्रमा भनिएको छ ।

‘प्रतिवेदनमा मुख्यतः जिल्लाको समग्र सांगठानिक अवस्था, राजनीतिक शक्ति सन्तुलनको स्थिति सामना गर्नुपरिरहेका चुनौती, आगामी कार्यभार, जिल्लाको समग्र विकास र समृद्धिको खाकालगायतका विषयहरू समावेश गर्ने’, परिपत्रमा भनिएको छ,’जिल्ला कमिटीको आय–व्ययको लेखा परीक्षण गराई तयार गरिएको लेखा परीक्षण रिर्पोट र आर्थिक कार्ययोजनासहितको प्रतिवेदन अधिवेशनमा प्रस्तुत गर्ने ।’ अधिवेशनबाट सम्बन्धित क्षेत्रको पार्टी काममा प्रत्यक्ष प्रभाव पार्ने समसामयिक प्रस्ताव पारित गर्न उपयुक्त हुने परिपत्रमा उल्लेख छ ।

अध्यक्ष मण्डलको व्यवस्था

जिल्लाको अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि अध्यक्ष मण्डल गठन गर्नुपर्ने परिपत्रमा भनिएको छ । अध्यक्ष मण्डलले प्रतिनिधिको भावना र बन्दसत्रको म्याण्डेटअनुरूप स्वस्थ, मर्यादित र विधिसम्मत ढंगले अधिवेशन सम्पन्न गर्नुपर्ने केन्द्रले निर्देशन दिएको छ ।

परिपत्रमा भनिएको छ,’उद्घाटन समारोह सम्पन्न भएसँगै बन्दसत्रको कारबाही अघि बढाउनु पर्दछ । बन्दसत्रलाई अनावश्यक रूपमा लम्ब्याउने र अधिवेशन सम्पन्न नहुँदै बिचमा स्थगित गर्ने काम नगर्ने, बन्दसत्रलाई लगातार सञ्चालन गरी प्रतिनिधिहरूको उपस्थितिमा सर्वसम्मत र निर्वाचित कमिटीको नाम घोषणा गर्ने ।’

एमाले जिल्ला कमिटीको अधिवेशन सुरु भएका छन् ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  १२ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले