२०८३, ८ बैशाख बुधबार

नेपाली काँग्रेसबाट निर्वाचित बनेपाका वडाध्यक्ष बादे १५ लाख घुससहित रंगेहात पक्राउ

नेपाली काँग्रेसबाट निर्वाचित बनेपाका वडाध्यक्ष बादे १५ लाख घुससहित रंगेहात पक्राउ


काठमाडौँ । नेपाली काग्रेसबाट निर्वाचित बनेपा नगरपालिकाका वडाध्यक्ष बादेलाई १५ लाख घुससहित रंगेहात पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख घुससहित काभ्रे बनेपा नगरपालिका वडा नं. ९ का ४२ वर्षीय वडाध्यक्ष नृपेश बादेलाई पक्राउ गरेको हो ।

अख्तियार दुरपयोग अनुसंन्धान आयोगबाट खटिएको टोलीले वडाध्यक्ष बादेसँगै आएको बा ७ च १२९ न. को कारचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ मिलनटार स्थायी घरभई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३१ वर्षीय पदमबहादुर प्रधानसमेतलाई गाडीसहित नियन्त्रणमा लिएको आयोगको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोगद्धारा जारी विज्ञप्ती अनुसार घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई बुधबार राति भक्तपुर मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  १० : २६ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले