२०८२, १९ मंसिर शुक्रबार

रारामा ६ महिनामै ६ हजारभन्दा बढी पर्यटक

रारामा ६ महिनामै ६ हजारभन्दा बढी पर्यटक


मुगु । मुलुकका उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा आन्तरिक पर्यटक ६ हजार ५ सय ५७  र  सार्क तथा तेस्रो मुलुकबाट १ सय ५६ जना गरी ६ हजार ७ सय १३  पर्यटकले रारा अवलोकन भ्रमण गरेका हुन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेका अनुसार दसैंतिहारको बिदामा पर्यटकको घुइँचो थियो । ‘चालु वर्षको ६ महिनामै  रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले यो क्षेत्रको पर्यटकका लागि सुखद हो,’ उनले भने । चालु आर्थिक वर्षको ६  महिनामा पर्यटकसहित अन्य शुल्क गरि निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको छ ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ जना र तेस्रो मुलुकबाट १ सय ८३ पर्यटक आएका थिए ।कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र रारामा यो वर्ष पर्यटक आगमन अझ बढ्ने देखिएको छ ।निकुञ्ज कार्यालयले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुक एक हजार पाँच सय र तेस्रो मुलुकका पर्यटकबाट तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ ।

हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक रारा भ्रमण गर्न आउने गरेका छन् । पर्यटन व्यवसायीहरूले भने सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन । रारा क्षेत्रमा पर्यटक आगमन बढे पनि बास बस्न सुविधायुक्त होटल भने बढेका छैनन् ।

भरपर्दो सडक, सुविधायुक्त बासको प्रबन्ध नहुँदा सास्ती हुने गरेको पर्यटकले गुनासो गर्दै आएका छन् । यसपटक जाडो मौसममा पनि रारामा पर्यटकको संख्या बढेको देखिन्छ । यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस ८  र विहान–दिउँसो माइनस ५ डिग्री सेल्सियससम्म पुग्ने रारा मौसम केन्द्रका निरीक्षक वास्मती रावलले बताए । रारामा यसपटक हिमपात सुरु भइसकेको छैन । सुरु भएपछि हिउँ खेल्न आउने पर्यटकहरु बढ्ने निकुन्जको अनुमान छ ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ६ : १५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको