२०८२, १९ कार्तिक मंगलबार

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल


विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँचीबारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा बन्ने अनुसन्धान केन्द्रका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ । स्थानीय तीनजनाले केन्द्रका लागि निःशुल्क रुपमा जग्गा दान गरेका छन् ।

केन्द्रका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । पहिलो चरणमा भवनलगायत संरचना निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । भवन निर्माणका लागि ठेक्का लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा प्राप्त भएको छ । स्थानीय रेतनाथ दाहालले १३ रोपनी, मित्र दाहालले १४ रोपनी तथा देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए ।

अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्नेमा ४२ रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यक रहेको दुलालको भनाइ छ । डेढ शताब्दीभन्दा अघि नेपालमै पहिलो पटक इलामबाट चिया खेती सुरु भएको इतिहास छ । जिल्लाभरि हजारौं किसानले चिया खेती गरिरहेका छन् । इलामबाट बिस्तार भएर पाँचथर, झापा, धनकुटालगायत अन्य थुप्रै जिल्लामा चिया खेती भइरहेको छ ।

यसैगरी, अलैँची उत्पादनका लागि पनि इलाम उर्बर जिल्ला मानिन्छ । यहाँबाट वर्षेनि ठूलो परिमाणमा अलैँची उत्पादन भइ निर्यात हुने गरेको छ । छिमेकी जिल्लाहरु पाँचथर, ताप्लेजुङ र अन्यत्र पनि अलैँची खेती मनग्य हुने गरेको छ ।

अब यी दुबै मुख्य उत्पादनबारे अनुसन्धान गर्न व्यवस्थित केन्द्र स्थापना भएपछि खेतीमा देखिएको समस्या, रोग, उत्पादनसँग सम्बन्धित अन्य प्राविधिक पक्षहरुबारे सुक्ष्म रुपमा जानकारी लिन सकिने चिया उद्यमी निर्मला कट्टेलको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ६ : ०१ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई