२०८३, १० भाद्र बिहीबार

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल

चिया र अलैँची अनुसन्धान केन्द्र स्थापनाको पहल


विराटनगर । चिया उत्पादनको उद्गम भूमि इलाममा चिया र अलैँचीबारे व्यवस्थित रुपमा अनुसन्धान गरिने भएको छ । यसका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । इलाम नगरपालिका–१ साँखेजुङमा बन्ने अनुसन्धान केन्द्रका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ । स्थानीय तीनजनाले केन्द्रका लागि निःशुल्क रुपमा जग्गा दान गरेका छन् ।

केन्द्रका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ । पहिलो चरणमा भवनलगायत संरचना निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ । भवन निर्माणका लागि ठेक्का लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा प्राप्त भएको छ । स्थानीय रेतनाथ दाहालले १३ रोपनी, मित्र दाहालले १४ रोपनी तथा देवी दाहालले १५ रोपनी जग्गा हस्तान्तरण गरेको इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए ।

अनुसन्धान केन्द्रका लागि एक सय रोपनीभन्दा बढी जमिन आवश्यक पर्नेमा ४२ रोपनी जग्गा प्राप्त भइसकेको र अब थप ५२ रोपनी जग्गा आवश्यक रहेको दुलालको भनाइ छ । डेढ शताब्दीभन्दा अघि नेपालमै पहिलो पटक इलामबाट चिया खेती सुरु भएको इतिहास छ । जिल्लाभरि हजारौं किसानले चिया खेती गरिरहेका छन् । इलामबाट बिस्तार भएर पाँचथर, झापा, धनकुटालगायत अन्य थुप्रै जिल्लामा चिया खेती भइरहेको छ ।

यसैगरी, अलैँची उत्पादनका लागि पनि इलाम उर्बर जिल्ला मानिन्छ । यहाँबाट वर्षेनि ठूलो परिमाणमा अलैँची उत्पादन भइ निर्यात हुने गरेको छ । छिमेकी जिल्लाहरु पाँचथर, ताप्लेजुङ र अन्यत्र पनि अलैँची खेती मनग्य हुने गरेको छ ।

अब यी दुबै मुख्य उत्पादनबारे अनुसन्धान गर्न व्यवस्थित केन्द्र स्थापना भएपछि खेतीमा देखिएको समस्या, रोग, उत्पादनसँग सम्बन्धित अन्य प्राविधिक पक्षहरुबारे सुक्ष्म रुपमा जानकारी लिन सकिने चिया उद्यमी निर्मला कट्टेलको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ६ : ०१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री