२०८२, २४ कार्तिक आईतबार

विराटनगरमा चिसोबाट बच्न ३ सय ज्येष्ठ नागरिकलाई फाइबर सिरक

विराटनगरमा चिसोबाट बच्न ३ सय ज्येष्ठ नागरिकलाई फाइबर सिरक


विराटनगर । विराटनगर महानगरपालिकाले चिसोबाट बच्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । अत्यधिक चिसो बढेपछि ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको हो ।
केही दिनयता बाक्लो हुस्सु लाग्ने गरेको र दिन घमाइलो हुन छाडेपछि चिसो अत्यधिक बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएपछि महानगर क्षेत्रका विद्यालयहरुमा तीन दिन बिदा समेत दिइएको छ । चिसो बढेपछि खासगरी जेष्ठ नागरिकहरुको दैनिकी कष्टकर बनेको छ । यही अवस्थालाई ध्यान दिँदै उनीहरुका लागि फाइबर सिरक वितरण गरिएको हो ।

विराटनगर महानगर वडा नम्बर १८ ले बुधबार आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरियो । विराटनगर वडा नम्बर १८ भित्र बसोबास गर्ने ६८ वर्षभन्दा माथिका ३ सय ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिए । कार्यक्रममा मेयर नागेश कोइराला, वडाध्यक्ष जितेन्द्र साहलगायतले सिरक वितरण हस्तानतरण गरेका थिए । कार्यक्रममा वडा सदस्य महेश मण्डल, सूर्यादेवी यादव, वडासचिव किरण सुवेदी, इलाका प्रहरी कार्यालय वरिष्ठ प्रहरी नायव निरीक्षक विजय बस्नेतलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ५ : ३२ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को