२०८३, १४ कार्तिक शनिबार

सरकारले गर्यो चार नियुक्ति र एउटा अध्यादेश अघि बढाउने निर्णय

सरकारले गर्यो चार नियुक्ति र एउटा अध्यादेश अघि बढाउने निर्णय


काठमाडौं । सरकारले विभिन्न निकायमा चार जनालाई नियुक्त गरेको छ भने एउटा अध्यादेश अगाडि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा प्रमोदकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन ।

यस्तै मन्त्रिपरिषद्ले साँस्कृतिक संस्थानको महाप्रबन्धक पदमा रुकुम पश्चिमको सानीभेरी–६ का किरणबाबु पुन, गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा.रवी मल्ललाई नियुक्ति गर्ने र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रिपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन ।

प्रकाशित मिति : २०८०, ३ माघ बुधबार  ५ : २१ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा