२०८२, १९ मंसिर शुक्रबार

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते

रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते


काठमाडौं । रामेछापको मच्छेडाँडीमा ट्याक्सी र मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन ।

सोमबार जिल्लाको मन्थली नगरपालिका १ मच्छेडाँडी स्थित मन्थली, भैसेश्वर, सालु सडकखण्डमा भैसेश्वर तर्फबाट रामेछापडाँडा तर्फ आउँदै गरेको ट्याक्सी र मोटरसाईकल ठोक्किएको हो । बा २ ज १८५१ नं.को ट्याक्सी र बिपरित दिशाबाट जाँदै गरेको बा.प्र.२-०१९ प ९५५७ नं.को मोटरसाईकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको रामेछाप प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक रामेछाप नगरपालिका ८ बस्ने अन्दाजी ३८ बर्षका बाबुराम कटुवाल घाईते भएका छन् । कटुवालको दाहिने घुँडामुनी फ्याक्चर भएको र मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचरको लागि ट्रमा सेन्टर काठ्माण्डौ रेफर गरेको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ । सोही मोटरसाईकलको पछाडी सवार रामेछाप नगरपालिका ८ कै ६५ वर्षका शंकर कटुवाल घाईते भएका छन् । उनको पनि दाहिने घुँडामुनी फ्याक्चर भएको र मन्थली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी ट्रमा सेन्टर काठ्माण्डौ रेफर गरेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी मोटरसाईकलको पछाडी सवार रामेछाप नगरपालिका ८ कै अन्दाजी वर्ष ११ की आरध्या कटुवालको हात र खुट्टामा सामान्य चोट लागेको र उहाँको मन्थली अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ । दुबै सवारी र ट्याक्सी चालक काभ्रेको चौरीदेउराली गाउँपालिका ५ का अन्दाजी ४० वषको कृष्ण प्रसाद ढुङ्गाना लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको रामेछाप प्रहरीले जनकारी दिएको छ ।

प्रकाशित मिति : २०८०, २ माघ मंगलबार  १० : ४० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको