२०८२, २५ पुस शुक्रबार

चिसो बढेपछि सोलुखुम्बुका सामुदायिक विद्यालय बन्द

चिसो बढेपछि सोलुखुम्बुका सामुदायिक विद्यालय बन्द


काठमाडौं । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् ।

केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् ।

यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुसरमाघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए ।

उनले भने, “बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।” यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए ।

“यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौं, यतिखेर बस्न सक्ने अवस्था नै छैन”, उनले भने । सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : १२ बजे

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो