२०८३, १५ श्रावण शनिबार

स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था लागू गर्दै

स्वास्थ्य बीमा बोर्डले माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ व्यवस्था लागू गर्दै


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी (को–पेमेण्ट) प्रणाली लागू गर्ने भएको छ । बोर्डले बिहीवार पत्रकार सम्मेलन गर्दै माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानीको व्यवस्था लागू गर्ने बताएको हो ।

सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट लागू गर्न बोर्डले अपिल समेत गरेको छ । बोर्डले प्रेषण सेवा सम्बन्धी व्यवस्था पनि लागू गरेको छ ।

दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १/१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था समेत लागू गरिएको जानकारी बोर्डले दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धि कार्यविधि,२०८० परिमार्जन सहित लागू गर्न लागिएको बताए ।

उनले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमित नागरिकहरुलाई १र१ महिनाका लागि दिइरहेको औषधि ३/३ महिनाका लागि दिने व्यवस्था गर्न आग्रह गरे । उनले स्वास्थ्य बीमा कार्यक्रम प्रेषण सेवा सम्बन्धि कार्यविधिको मुख्य उदेश्य स्वास्थ्य प्रणालीको सबलिकरण गर्ने भएको बताए ।

अध्यक्ष लोहनीले स्टेक होल्डरहरु बीमा बोर्ड,बीमित र सेवा प्रदायकहरु रहेकाले यसमा निजी,सरकारी सहकारी भन्ने नभएको बताए । उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालको सेवा खरिद गर्ने र बीमितहरुलाई सेवा दिने भएकाले निजी र सरकारी भन्ने नहुने बताए । उनले स्वास्थ्य बीमाको लागि काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा बाँकी रहेको भन्दै २०८० सालभित्र सो स्थानमा प्रवेश गर्ने बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाई दिगो व्यवस्थापन गर्न गरी काम गरिरहेको पनि बोर्डले बताएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता समेत स्वीकृत गरेको छ । आचार संहितामा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने,दाबी व्यवस्थापन शाखा र प्रविधि शाखाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाउन नपाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०८०, २६ पुस बिहीबार  १ : ४४ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने