२०८१, २ मंसिर आईतबार

जाजरकोटमा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा ढिलासुस्ती

जाजरकोटमा भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा ढिलासुस्ती

जुनीचाँदेमा आवास नै बनेनन्


जाजरकोट । जाजरकोटमा भूकम्प प्रभावित १६ हजार लाभग्राहीले पहिलो किस्ता वाफतको पैसा लिएका छन् । जिल्लाभर कुल १६ हजार लाभग्राहीले २५ हजारका दरले कुल ४२ करोड १० लाख २५ हजार रुपैयाँ बुझेका छन् । उनीहरुलाई स्थानीय पालिकाको विपद् व्यवस्थापन समितिले व्यक्तिगत खातामै पहिलो किस्ताको रकम हालिदिएको छ । समितिले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम खातामा हालिदिएको हो ।
तर पहिलो किस्ताको रकम लिई सकेका लाभग्राही सबैले स्थायी आवास बनाउन सकेको छैनन् । जिल्लाभर १६ हजार लाभग्राहीले पहिलो किस्ताको पैसा बुझेपनि हालसम्म कुल ९ हजार एकसय ६९ जनाले मात्रै अस्थायी आवास बनाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । उनीहरुले विपद् व्यवस्थापन समितिले दिएको रकम र विभिन्न निकायले दिएको सहयोगबाट अस्थायी आवास बनाएको हुन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले सात वटै पालिकाको विपद् व्यवस्थापन समितिको खातामा ८४ करोड ९५ लाख ७५ हजार रकम निकासा भएको थियो । जसबाट पालिकाको विपद् व्यवस्थापन समितिले १६ हजार लाभग्राहीको व्यक्तिगत बैंक खातामा कुल ४२ करोड १० लाख २५ हजार रुपैयाँ हालिदिएको छ ।
जिल्लाभर कुल ३५ हजार १ सय ४० घरधुरी लावग्राहीहरु भूकम्प प्रभावितको लाभग्राही सूचिमा सुचिकृत भएका छन् । यद्यपी लाभग्राहीको संख्या अझै एकीन भइसकेको छैन । तथ्याङ्क संकलनको काम जारी रहेका कारण लाभग्राहीको संख्या दिनप्रतिदिन थप हुँदै गएको छन् ।
२४ हजारसँग सम्झौता
यसैबीच स्थानीय विपद् व्यस्थापन समितिले हालसम्म २४ भन्दा बढी लाभग्राहीसँग सम्झौता गरेको छ । कुल लाभग्राहीमध्ये शुक्रबारसम्म २४ हजार ४ सय ८६ जना लाभग्राहीसँग सम्झौता भएको हो । सम्झौत भएका मध्ये १६ हजार आठसय ४१ जना लाभग्राहीले भने खातामै पैसा प्राप्त गरिसकेको छन् ।
सरकारले हप्तादिनभित्रै रकम पाउने घोषणा गरेको थियो । तर स्थानीय विपद् व्यवस्थापन समितिले लाभग्राहीको बैंक खाता अनिवार्य हुनुपर्ने प्रावधान बनाएपछि रकम वितरणमा ढिलाई भएको हो । लाभग्राही सबैसँग बैंक खाता नभएको र खाता खोल्न विभिन्न काजगात आवश्यक पर्ने भएपछि सोको जोहो गर्न थप समय लागेका कारण लाभग्राहीले रकम प्राप्त गर्न ढिलाई भएको हो । लाभग्राही मध्ये अधिकाँशसँग बैंक खाता खोल्नका लागि नागरिकता लगायतका अत्यावश्यक कागजात समेत थिएन । भूकम्पले सबै काजगातहरु पूरिदिएपछि नागरिकताको प्रतिलिपि लिन वडाको सिफारिसपत्रसहित जिल्ला प्रशासनमा जानुपर्ने झन्जटका कारण पनि लाभग्राहीले बैंक खाता खोल्न ढिलाई भइरहेको छ । जसका कारण भूकम्प गएको दुई महिनासम्म पनि लाभग्राहीले पहिलो किस्ता वाफतको रकम प्राप्त गर्न सकेको छैनन् ।
जुनीचाँदेमा आवास नै बनेनन्
जुनीचाँदे गाउँपालिकामा हालसम्म एउटा पनि अस्थायी आवास बन्न सकेको छैनन् । अस्थायी आवास निर्माणका लागि दुई सय ७३ जनाले ६८ लाख २५ हजार रकम लिइसकेका छन् । रकम लिए पनि लाभग्राहीले अस्थायी आवास बनाउन नसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जुनीचाँदेमा कुल दुई हजार पाँचसय ६३ जना लाभग्राही कायम छन् । जिल्ला विपद् व्यवस्थापन समितिले जुनीचाँदेको विपद् व्यवस्थापन समितिको खातामा ६ करोड ४० लाख ७५ हजार रकम हालिदिएको छ । उक्त रकममध्ये पालिकाले ६८ लाख २५ हजार रकम मात्रै वितरण गरेको हो । रकम लिएका कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माण सुरु गरेका छैनन् ।
त्यस्तै तीन हजार पाँचसय ७९ जनालाई आठ करोड ९४ लाख ७५ हजार रुपैयाँ लाभग्राहीलाई दिएको कुशे गाउँपालिकामा पनि थोरैले मात्रै अस्थायी आवास बनाएका छन् । कुशेमा शुक्रबारसम्म एकसय ८ जनाले मात्रै अस्थायी आवास बनाएका हुन् । त्यहाँ कुल पाँचहजार दुई सय ७८ लाभग्राहीका लागि १३ करोड २१ लाख ७५ हजार रकम जिल्लाबाट निकासा भएको छ । त्यस्तै शिवालयमा पनि दुईसय ५५ जनाले मात्रै अस्थायी अवास बनाएका छन् । त्यहाँ कुल तीन हजार तीनसय ९ जना लाभग्राहीमध्ये दुई हजार आठसय ७१ जनाले सात करोड १७ लाख ७५ हजार रकम बुझेका छन् ।
भेरीमा ४ हजारले रकम लिए, ४ सयले घर बनाए
त्यस्तै ४ हजार ५ सय २६ जनाले राहत रकम लिएको भेरी नगरपालिकामा ४ सय ९२ अस्थायी आवास निर्माण भएका छन् । त्यहाँ ६ हजार ६ सय ३४ लाभग्राहीका लागि १३ करोड ६९ लाख २५ हजार रकम निकाशा भएको छ । तर शुक्रबारसम्म ४ हजार ५ सय २६ जनाले मात्र सम्झौता गरेका छन् ।
नलगाडमा ६ हजार तीनयस ११ जना, बारेकोटमा १ हजार ६ सय ३१ र छेडागाडमा तीनसय ७२ जनाले अस्थायी आवास निर्माण गरेका छन् । नलगाडमा कुल ८ हजार ९७, बारेकोटमा ५ हजार पाँचसय ६८ र छेडागाडमा तीन हजार ६ सय ६४ जना लाभग्राही सूचिकृत भएका छन् ।
जिल्लाबाट नलगाडका लागि २० करोड २४ लाख २४, बारेकोटका १३ करोड ९६ लाख ५० र छेडागाडका लागि ९ करोड १६ लाख रकम निकाश भएको छ । निकाश भएको रकमध्ये नलगाडले एक हजार १ सय ६८ जनालाई दुई करोड ९२ लाख, बारेकोट ४ हजार ५४ जनालाई १० करोड १३ लाख ५० हजार र छेडागाडले तीनसय ७० जनालाई कुल ९२ लाख ५० हजार रकम बाँढेको जिल्ला विपद् व्यवस्थापन समिति सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८०, २१ पुस शनिबार  १ : ५१ बजे

दार्चुला दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ८ पुग्यो

दार्चुला । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको

सामान्य प्रशासन मन्त्रालयको निर्देशन : सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुनु

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा

राष्ट्रपति पौडेल कोप–२९ मा सहभागी भई फर्कनुभयो राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु

काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

धुलिखेल । काभ्रेको पाँचखालमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको

गणेश हिमाल आधार शिविरबाट दुई जनाको २७ घण्टापछि हेलिकप्टरबाट उद्धार

काठमाडौं । गणेश हिमाल आधार शिविर जाँदै गर्दा बिरामी परेका