२०८२, ८ बैशाख सोमबार

राष्ट्रिय सभा उम्मेदवार : यी हुन् पाँच प्रदेशबाट एमालेले सिफारिस गरेका नाम (सूचीसहित)

राष्ट्रिय सभा उम्मेदवार : यी हुन् पाँच प्रदेशबाट एमालेले सिफारिस गरेका नाम (सूचीसहित)


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीब्र पारेसँगै दलहरुलाई समेत उम्मेदवार चयन गर्ने चटारो बढेको छ । अहिले सत्ता गठबन्धनमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरु आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनमा जुटिसकेका छन् । यसैक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पाँच प्रदेशले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ । मधेस र बागमती प्रदेशले उम्मेदवार सिफारिस टुंग्याउन बाँकी छ ।

‘हामीले जिल्लाबाट सिफारिस भएर आएका नामहरूमध्येबाट अन्तिम टुंगो लगाउँदैछौं । अहिले बिहान हामी केन्द्रमा पठाउँछौं,’ एमाले मधेस कमिटीकी उपसचिव आरती भण्डारीले सुनाइन् । बागमती प्रदेश कमिटीले पनि आजै उम्मेदवार सिफारिस गर्ने सचिव नवराज सिलवालले जानकारी दिए । ‘जिल्लाबाट नाम आइसकेका छन् । आज कमिटीको बैठक बसेर अन्तिम टुंगो लगाउँछौं,’ उनले भने ।

तहगत कमिटीबाट सिफारिस भएर आएका नामहरूको टुंगो लगाउन एमालेले आजै केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । मध्याह्न १२ः४५ बजे बस्ने सचिवालय बैठकले सिफारिस भएर आएका नाममध्येबाट उम्मेदवार छनोट गर्नेछ ।

प्रदेशबाट को–को भए सिफारिस ?
कोशी प्रदेश कमिटीले अन्य क्लस्टरतर्फ झापाका उमानाथ ओली, हरिचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घलेलाई सिफारिस गरेको छ । महिलातर्फ इलामकी रजनी मेचे र सुनसरीकी मेचीमाया धिमाल र रूक्मिणी कोइरालालाई सिफारिस भएका छन् ।

गण्डकी प्रदेश कमिटीले अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा, म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायलाई सिफारिस गरेको छ । अपाङ्गता रअल्पसंख्यकतर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन, गोरखाकी मिना बराम सिफारिस भएका छन् । महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरूङ, स्याङ्जाका ईश्वरी सिग्देल अर्याल सिफारिस भएका छन् ।

लुम्बिनी प्रदेशले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि ६ जनाको नाम केन्द्रमा पठाएको छ । प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले तीन जना महिला र तीन जना अन्यगरी ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको जानकारी दिए ।

सिफारिस गरिएकाहरूमा पाल्पाका झपेन्द्र जिसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरूङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशले १० जनाको नाम सिफारिस गरेको छ ।

कर्णालीले खुला ९अन्य० तर्फ जाजरकोटका कृष्णबहादुर शाह, जुम्लाका बलबहाुदुर महत, मुगुका डिल्ली भट्ट सिफारिस भएका छन् । दलिततर्फ दैलेखका हिक्मत विक, सुर्खेतका बलबहादुर नेपाली, हुुम्लाका पर्वत सुनार, रूकुमपश्चिमका शशिराम नेपाली सिफारिस भएका छन् । महिलातर्फ डोल्पाका बदमी क्वारा बोहोरा, हुम्लाका विमलाकुमारी शाही र कालिकोट सुभद्रा सिंह सिफारिस भएका छन् ।

सुदूरपश्चिम प्रदेशले महिलातर्फ कैलालीकी सावित्री घिमिरे, कैलालीकै कमला केसी र कञ्चनपुरकी चित्रकुमारी चौधरी सिफारिस भएका छन् । अल्पसंख्यक निर्वाचन क्षेत्र कञ्चनपुरका हरिदत्त भट्ट, कैलालीका रामदत्त जोशी र कञ्चनपुरकी अनीता ढुंगाना सिफारिस भएका छन् । खुला ९अन्य० तर्फ कैलालीका होरीलाल चौधरी, कञ्चनपुरकी ईश्वरी खरेल, डोटीका डिल्लीराज भट्ट र बाजुराका रंगमान शाही रहेका छन् ।

प्रकाशित मिति : २०८०, २० पुस शुक्रबार  ११ : ४६ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज