२०८२, १७ पुस बिहीबार

एमालेमा राष्ट्रियसभाको उम्मेदवारका लागि कोशीबाट ७ जनाको नाम सिफारिस

विराटनगर । नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशीबाट उम्मेदवार चयनका लागि सात जनाको नाम सिफारिस गरेको छ ।

राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा कोशी प्रदेशबाट महिला १ र अन्यतर्फ १ जना सदस्य छनोट हुनेछन् । एमाले कोशी प्रदेशका पदाधिकारीको बैठकले चार जना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।

सिफारिस गरिएकामा झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका परशुराम अधिकारी, खोटाङका कर्ण घले, इलामकी रजनी मेचे तथा सुनसरीका मेचीमाया धिमाल र रुक्मिणी कोइराला छन् ।

राष्ट्रिय सभामा हाल सदस्य रहेका कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिँदैछ । त्यही दुई सिटका लागि ११ माघमा निर्वाचन हुन लागेको हो ।

यसअघि नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य र डिला संग्रौलासहितको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले पनि ७ जनाको नाम सिफारिस गरेको छ । अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, लक्ष्मी न्यौपाने, चम्पा कार्कीलगायतको नाम माओवादीले सिफारिस गरेको हो । राष्ट्रिय सभाका लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् ।
सांसदहरुतर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ ।

१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् ।
पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रकाशित मिति : २०८०, २० पुस शुक्रबार  ११ : २९ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण