२०८३, १४ कार्तिक शनिबार

भारतले २० करोड आफूखुशी खर्च गर्न पाउँदैन प्रधानमन्त्री

भारतले २० करोड आफूखुशी खर्च गर्न पाउँदैन प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना ९एचआइसिडिपी० अन्तर्गत नेपाललाई दिन सम्झौता गरेको २० करोड रकम खर्च गर्ने मापदण्ड र प्रक्रिया रहेको बताएका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त रकम भारतले आफूखुशी खर्च गर्न नपाउने स्पष्ट पारेका हुन् ।

‘एचआइसिडिडी अन्तर्गत भारतले दिने रकम ३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड पुगेको सत्य हो । तर, जसरी मन लाग्यो त्यसरी खर्च गर्ने होइन, प्रक्रिया छ,’ प्रधानमन्त्रीले भने, ‘नगरपालिकाबाट गर्ने हो । तर, यहाँहरूले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यवहारिक बनाउन लागिनेछ ।’

बैठकमा सांसदहरूले सम्झौताबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो । बिहीबार बिहानको गठबन्धनको बैठकमा भने प्रधानमन्त्री प्रचण्डले यो सम्झौता यसपालिको एजेण्डा नभएको बताएका थिए ।

प्रकाशित मिति : २०८०, २० पुस शुक्रबार  ११ : २४ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा