२०८२, १९ कार्तिक मंगलबार

रामेछापको गोकुलगंगामा ९० टन किवी उत्पादन

रामेछापको गोकुलगंगामा ९० टन किवी उत्पादन


रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा यपसटक ९० टन किवी उत्पादन भएको छ । उत्पादितमध्ये स्थानीय तहले वितरण गरेको बिरुवाबाट मात्रै ५० टन बढी उत्पादन भएको गाउँपालिकाका पूर्व अध्यक्ष खड्ग सुनुवारले बताए । बाँकी ४० टन भने व्यक्तिगत लगानीमा सञ्चालन गरिएका फार्मबाट उत्पादन भएको हो

स्थानीय सरकारले कृषि क्षेत्रमा गरेको लगानी रामेछापमा देखिन थालेको जनप्रतिनिधिहरुले बताएका छन् । गोकुलगंगामा गाउँपालिका कार्यालयले फलफूलको व्यावसायिक उत्पादन बढाउने योजना कार्यान्वयन गरेको छ ।
खड्ग सुनुवार नेतृत्वको पहिलो स्थानीय सरकारले कृषिमा व्यवसायीकरणका लागि अनुदानमा ठूलो परिमाणमा फलफूलका बिरुवा वितरण गरेको थियो । तिनै बिरुवाले उत्पादन दिन लागेपछि योजना कार्यान्वयन सहज भएको छ ।
आफू गाउँपालिका अध्यक्ष हुँदा किवीका मात्रै ४० हजार बिरुवा वितरण गरेको सुनुवार बताउँछन् । आफैं पनि अगुवा किसान रहेका उनले भने, ‘किवीका लागि हाम्रो गाउँपालिकाको हावापानी उपयुक्त छ । त्यसैले व्यावसायिक खेतीको लागि बिरुवा वितरण गरेका थियौं, अब उत्पादन दिन थाल्यो ।’
गोकुलगंगा गाउँपालिकामा सुनुवारकै पालामा किवीका साथै आलु जोन कार्यक्रम पनि सुरु भएको थियो । परम्परागत रूपमा आलु खेती हुँदै आएकोमा परियोजना सुरु भएपछि उन्नत जातको बिउ र प्राविधिक सहयोगले आलुको उत्पादन समेत वृद्धि भएको छ ।
स्थानीय किसानको उपज संकलन गरी काठमाडौंसम्म बिक्रीका लागि लैजाने व्यवस्था समेत पूर्वअध्यक्ष सुनुवारले मिलाएका छन् । भक्तपुरमा सटर नै राखेर स्थानीयका उत्पादन संकलन गरेर सुनुवारले बिक्री गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८०, १८ पुस बुधबार  ४ : ५६ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई