२०८३, १ आश्विन शुक्रबार

बालकुमारी घटना गणतन्त्रविरुद्धको ‘डिजाइन’ भनेर प्रधानमन्त्रीले मोड्न खोज्दै छन् : एमाले नेता भीम रावल

बालकुमारी घटना गणतन्त्रविरुद्धको ‘डिजाइन’ भनेर प्रधानमन्त्रीले मोड्न खोज्दै छन् : एमाले नेता भीम रावल


काठमाडौं । पूर्व उपप्रधान, गृहमन्त्री तथा नेकपा एमालेका नेता भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाप्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दुई युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनालाई गणतन्त्र र लोकतन्त्रविरुद्ध गरिएको षड्यन्त्र बताएपछि नेता रावलले घटना अन्तै मोड्न खोजेको आरोप लगाएका हुन् । सोमबार नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको हुनसक्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री दाहालले घटना सामान्य नभएको भन्दै घटना बाहिर देखिए जस्तो नभएको र त्यहाँ केही न केही षडयन्त्र भएको आफूले अनुभूत गरेको बताएका थिए ।

नेता रावलले बालकुमारी घटना राज्य प्रणालीविरुद्धको षडयन्त्र भनेर प्रधानमन्त्री दाहाल नै घटनालाई अन्तैतिर मोड्न खोजेको आरोप लगाएका छन् । नेता रावलले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्रसाद कोइरालाले ग्रयाण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइनु भएको भनेका छन् । कस्तो र कसले गरेको रु प्रमले भन्नु पर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रमको डिजाइन हुनसक्छ ।’

कोरियन भाषा परीक्षाको विषयलाई लिएर बालकुमारीमा विरोध प्रदर्शनमा उत्रिएका यु्वाहरूमाथि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको छ । सरकारले सो घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।

प्रकाशित मिति : २०८०, १७ पुस मंगलबार  २ : ०८ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण