२०८३, ७ कार्तिक शनिबार

काठमाण्डौ महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री केन्द्र

काठमाण्डौ महानगरले तोक्यो चार ठाउँमा फूल बिक्री केन्द्र


काठमाण्डौ । नेपाली फूलको प्रवर्द्धनका लागि काठमाण्डौ महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ ।

काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न चार ठाउँमा स्टल राख्ने बताउनु भयो । उहाँले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताउनु भयो ।

उहाँले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले फूल बिक्री केन्द्र तोकेको बताउनु भयो ।

त्यस्तै काठमाण्डौ महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ । तिहारलाई भव्य र सुरक्षित रुपमा मनाउनका लागि साँझ ८ बजेदेखि राति १ बजेसम्म नगर प्रहरीले गस्ती गर्ने भएको हो ।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने प्रमुख पाण्डेले बताउनु भयो । उहाँले देउसी भैलोको समयमा १ बजेसम्म चार क्षेत्रबाट गस्ती हुने बताउनु भयो । उहाँले शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने बताउनु भयो ।

प्रकाशित मिति : २०८०, २५ कार्तिक शनिबार  ६ : ३२ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने