२०८२, २० मंसिर शनिबार

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख संकलन

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख संकलन


काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ ।

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । भूकम्पले ध्वस्त जाजरकोट र रुकुमपश्चिममा पीडितका घर पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेको थियो ।

सहयोग घोषणा गरेकामध्ये ५० वटा संघ संस्था, दुई व्यक्ति र अन्यबाट सो रकम उठेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । जसमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सबैभन्दा धेरै एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएका छन् । त्यसैगरी, बुद्ध एयर, ग्लोबल आइएमई बैंक, सूर्य नेपाल प्रालि, गोर्खा ब्रुअरी र राष्ट्रिय वाणिज्य बैंकले घोषणा गरेको एक–एक करोड रुपयाँ पनि कोषमा जम्मा भएको छ ।

राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले घोषणा गरेअनुसार ५०–५० लाख राहत कोषमा हालेका छन् भने एकीकृत समाजवादीले दिने भनेको २५ लाख पनि जम्मा भएको छ । सहयोग घोषणा गरेका र प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिसकेका कतिपय राजनीतिक दल र संघसंस्थाले भने अझै नगद जम्मा गरिसकेका छैनन् । नेपाल रिइन्सुरेन्स कम्पनी प्रालि, एभरेष्ट बैंक र लुम्बिनी विकास कोषले २५ लाखका दरले रकम जम्मा गरेका छन् ।
हेर्नुस् सहयोग सूची

प्रकाशित मिति : २०८०, २५ कार्तिक शनिबार  ११ : १८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको