२०८२, २० चैत्र शनिबार

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख संकलन

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख संकलन


काठमाडौं । जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ ।

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । भूकम्पले ध्वस्त जाजरकोट र रुकुमपश्चिममा पीडितका घर पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेको थियो ।

सहयोग घोषणा गरेकामध्ये ५० वटा संघ संस्था, दुई व्यक्ति र अन्यबाट सो रकम उठेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । जसमा भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले सबैभन्दा धेरै एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ दिएका छन् । त्यसैगरी, बुद्ध एयर, ग्लोबल आइएमई बैंक, सूर्य नेपाल प्रालि, गोर्खा ब्रुअरी र राष्ट्रिय वाणिज्य बैंकले घोषणा गरेको एक–एक करोड रुपयाँ पनि कोषमा जम्मा भएको छ ।

राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले घोषणा गरेअनुसार ५०–५० लाख राहत कोषमा हालेका छन् भने एकीकृत समाजवादीले दिने भनेको २५ लाख पनि जम्मा भएको छ । सहयोग घोषणा गरेका र प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरिसकेका कतिपय राजनीतिक दल र संघसंस्थाले भने अझै नगद जम्मा गरिसकेका छैनन् । नेपाल रिइन्सुरेन्स कम्पनी प्रालि, एभरेष्ट बैंक र लुम्बिनी विकास कोषले २५ लाखका दरले रकम जम्मा गरेका छन् ।
हेर्नुस् सहयोग सूची

प्रकाशित मिति : २०८०, २५ कार्तिक शनिबार  ११ : १८ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को