२०८२, २९ पुस मंगलबार

एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने

एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार स्वयंसेवक परिचालन गर्ने


काठमाण्डौ । नेकपा (एमाले) ले जाजरकोट केन्द्र भएर गएको भूकम्प प्रभावित क्षेत्रमा एक हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यही मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गरी अस्थायी घर टहरा भूकम्प पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी एमालेले राहत वितरणको कामलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराएको छ । राहत वितरणमा राजनीतिकरण भइरहेको निष्कर्ष निकाल्दै एमालेले त्यसो नगर्न पनि सरकारलाई भनेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले भूकम्प प्रभावित जाजरकोटमा मङ्सिर १ गतेदेखि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । २०७२ सालको भूकम्पपछि पनि ५० हजार स्वंसेवक परिचालन गरेका थियौँ । स्वयंसेवक पाँच हजार कार्यदिनभन्दा बढी खट्नेछन् । एक करोड रुपैयाँभन्दा बढी मूल्यको श्रम हुन्छ । हजारौँ टहरा बनाएर हामी फर्कनेछौँ । यो कामको संयोजन पार्टीको कर्णाली प्रदेश कमिटीले गर्नेछ । हामीले राहत वितरणको कामलाई पारदर्शी बनाउन सरकारसँग माग गरेका छौँ । राहत सङ्कलन भएर पनि प्रभावकारी ढङ्गले वितरण नभइरहेको, राहत एक ठाउँमा थुप्रिएको, पीडित चिसोमा भोकभोकै सुत्न बाध्य भएको गुनासो आएको छ । यसमा गम्भीर हुन सरकारलाई ध्यानाकर्षण गराएका छौँ ।’

एमालेले विपद्का बेला भूकम्प प्रभावित क्षेत्रलाई सेल्फीु खिच्ने ठाउँको जस्तो व्यवहार नगर्न पनि सम्बन्धित व्यक्ति तथा पक्षलाई सचेत गराएको छ ।

प्रकाशित मिति : २०८०, २२ कार्तिक बुधबार  ६ : ०० बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका