२०८२, ४ माघ आईतबार

१९ वर्षमुनिको एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

१९ वर्षमुनिको एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने


काठमाडौं । एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे ।

नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट कपकाे उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएकाे थियाे । यस्तै यूएई उपविजेता र जापाना तेस्राे स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

नेपालले सन् २०२४ को जनवरीमा श्रीलङ्कमा १९ वर्षमुनिकाे विश्वकप खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले एसिया कप खेल्न लागेको हो ।

प्रकाशित मिति : २०८०, २२ कार्तिक बुधबार  ५ : ३६ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ