२०८२, ४ असार बुधबार

भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय

भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाण्डौ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आकस्मिक बैठकले सबै ठाउँका अस्पतालहरुमा घाइतेहरुको निस्शुल्क उपचार गर्ने निर्णय गरेको हो ।

तत्काल उद्धार गर्नुपर्ने घाइतेहरुको लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाण्डौलगायतका सबै ठाउँका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा छलफल गरी निर्णय गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८०, १९ कार्तिक आईतबार  ११ : २४ बजे

आजबाट दीपक मनाङेको संसद पद गयो

काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार