२०८२, २० चैत्र शनिबार

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस र एसएमएस सेवा निःशुल्क गर्ने टेलिकमको घोषणा


काठमाण्डौ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निःशुल्क दिने घोषणा गरेको छ । नेपाल टेलिकमले आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा चालू राख्ने र सूचना आदान–प्रदानलाई निरन्तरता दिन आफ्ना सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा दिने घोषणा गरेको हो ।

यस्तै, प्रभावित क्षेत्रमा निःशुल्क सिमकार्ड उपलब्ध गराउने र नयाँ सिममा पनि निसशुल्क भ्वाइस र एसएमएस सेवा दिने पनि टेलिकमले जनाएको छ । टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमासम्पूर्ण सेवाहरु चालू नै रहेको जानकारी पनि दिएको छ ।

प्रकाशित मिति : २०८०, १८ कार्तिक शनिबार  ४ : ४८ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को