२०८२, २१ चैत्र आईतबार

गुल्मीको हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला

गुल्मीको हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला


काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेका अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव फेला परेको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।

अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एसपी नवीन किशोर प्रधानसहितको टोली घटनास्थल प्रस्थान गरेको छ । अनुसन्धान टोली पुगेपछि मात्रै घटनाको विस्तृत विवरण आउने डिएसपी पाण्डेले बताए ।

मृत फेला परेकी मनिषा चन्द्रकोट ५ धुवाँखर्क निवासी हुन् । उनको परिवार चन्द्रकोट ४ श्रीलंका टोलमा बस्दै आएको छ ।

प्रकाशित मिति : २०८०, १७ कार्तिक शुक्रबार  १० : ५२ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को