२०८२, ११ भाद्र बिहीबार

बजारमा चिनीको कालोबजारी गरेको पाइए हेलो सरकार वा १०० नम्बरमा जानकारी दिन अनुरोध

बजारमा चिनीको कालोबजारी गरेको पाइए हेलो सरकार वा १०० नम्बरमा जानकारी दिन अनुरोध


काठमाण्डौ । तिहारमा चिनीको अभाव हुन नदिने गरी तयारी भइरहेको सरकारले जनाएको छ । दशैँको जस्तै तिहारमा पनि विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । हिजो गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाण्डौका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने छ ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई उहाँको आग्रह छ । सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना हरेक पसलमा टाँस गर्न उहाँले अनुरोध गर्नु भएको छ । काठमाण्डौ उपत्यकामा एक हजार सात सय जनाभन्दा बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।

वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले अब बिस्तारै चिनीको अभाव हट्दै जाने बताउनुभयो । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उहाँले जानकारी दिनुभयो ।

हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको पनि चिलुवालले जानकारी दिनुभयो ।

बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

बैठकले नेपाल प्रहरीले सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय पनि गरेको महानिर्देशक चिलुवालले जानकारी दिनुभयो ।

यसैबीच, प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा जानकारी दिन आग्रह गरेको छ । प्रहरीले सूचना निकालेर चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा पैसा नलाग्ने १०० नम्बरसहित हेलो सरकार वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

प्रकाशित मिति : २०८०, १७ कार्तिक शुक्रबार  १० : ४६ बजे

एमाले पार्टी कार्यालयमा शिक्षकहरूको धर्ना, विद्यालय शिक्षा विधेयक संशोधनको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधनको माग

पाथिभरा देवीको दर्शन गरौं

काठमाडौं । पाथिभरा देवी मन्दिर नेपालको पूर्वी भागमा अवस्थित एक

आशिका तामाङलाई पाँच दिन कैद र जरिवानाको फैसला

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङसहित दुई जनालाई भक्तपुर जिल्ला

प्रधानमन्त्री ओलीले भोलि संसदमा सम्बोधन गर्नेचीन भ्रमणबारे जानकारी दिने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) बस्ने प्रतिनिधिसभाको

सी चिनफिङले भारतसँग सम्बन्ध सुधार गर्न राष्ट्रपति मुर्मुलाई पत्र पठाए

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले भारतसँग सम्बन्ध सुधारको पहल