२०८३, २५ भाद्र शुक्रबार

सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो


काठमाण्डौ । नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ ।

रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाण पत्र बुझाउनु पर्ने छ ।

प्रकाशित मिति : २०८०, १७ कार्तिक शुक्रबार  १० : २४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको