२०८२, २० मंसिर शनिबार

सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो


काठमाण्डौ । नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ ।

रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर दस्तुर बुझाएर एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ ।

यस्तै, नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाण पत्र बुझाउनु पर्ने छ ।

प्रकाशित मिति : २०८०, १७ कार्तिक शुक्रबार  १० : २४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको