२०८३, ७ कार्तिक शनिबार

सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल

सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल


काठमाण्डौ । कैद मिनाहा गर्ने निर्णय कार्यान्वयन खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सर्वोच्चको आदेश आएको केहीबेरमै रिगललाई नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ गरेको बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले जानकारी दिनुभयो । सर्वोच्चको आदेशपछि रिगल मोबाइल अफ गरेर भाग्ने तयारीमा रहेका प्रहरीले जनाएको छ । तर निगरानीका कारण उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

रिगललाई सरकारको सिफारिसमा गएको असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गएको असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ६ : २३ बजे

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

शैं टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने

आजको मौसम : चार प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च