२०८२, २१ असार शनिबार

नेपाल र ओमानबीचको खेल आज

नेपाल र ओमानबीचको खेल आज


काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमानबीचको खेल आज बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । लगातार दुई खेल हारेका मलेसिया र सिंगापुर सेमिफाइनल होडबाट बाहिरिसकेका छन् र सान्त्वना जितका लागि खेल्दैछन् ।

यी दुई खेलसहित आज समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समिकरण पनि टुङ्गो लाग्नेछ ।

यस्तै समूह ‘बी’ अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ ।

समूह ‘बी’ मा यूएई समूह विजेता बन्ने सम्भावना रहेकोले नेपाल र ओमान समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा यूएईसँगको सम्भावति भेट टार्न चाहन्छ । समूह ‘ए’ को विजेताले पहिलो सेमिफाइनल टीयू मैदानमै खेल्ने भएकोले पनि नेपालले ओमानलाई हराएर समूह विजेता बन्ने लक्ष्य छ र महत्वपूर्ण हुने सेमिफाइनल खेल टीयू मैदानमा खेल्न चाहन्छ ।

किनकि सेमिफाइनल विजेता दुई टोलीमात्रै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

समूह चरणमा दुवै खेलमा सहज जित निकालेको नेपालको लागि सेमिफाइनल अघि ओमानविरुद्धको खेलमा असली परीक्षण हुन सक्छ । किनभने नेपालका स्टार लअराउण्डर दीपेन्द्रसिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा खेल्न सकेनन् । उनले छनोटमा अब खेल्ने सम्भावना कम छ । त्यसैले अनुभवी टिमविरुद्ध हुने महत्वपूर्ण खेलमा दीपेन्द्रको स्थान कसले लिन्छ भन्ने चासोका साथ हेरिएको छ ।

गत वर्ष ओमानमै भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायरका नेपाल र ओमान दुवै छनोट हुन असफल भएका थिए ।

यस पटक लयमा रहेको नेपाल घरेलु मैदानमा हजारौं समर्थकअघि खेल्दैछ र र १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउने एक मात्र लक्ष्य छ । २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपाल पछिल्लो तीन संस्करणमा छनोट हुन सकेको छैन ।

नेपाल र ओमानबीच हेड टु हेट

टी-२० आईमा नेपाल र ओमानको विगत हेर्दा नेपाल अघि छ । अहिलेसम्म यी दुई टोलीबीच चार टी-२०आई खेल हुँदा नेपालले तीन खेल जितेको छ भने ओमानले एक खेल जितेको छ ।

संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो । त्यसमा सबै खेल नेपालले जितेको थियो ।

गत वर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ‘ए’ मा यी दुई टोली एकै समूहमा परेका थिए । जहाँ नेपालले समूह चरणको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । तर, दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुनस् खेल भएको थियो । त्यसमा नेपालले ओमानलाई ९ विकेटले सहजै हराएको थियो ।

विश्वकप छनोटअघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।

२०१९ मा ओमानमै भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ६ : ४३ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति