२०८२, २१ चैत्र आईतबार

प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज 

प्रभु बैंकका सीईओ अशोक शेरचनविरुद्धको रिट खारेज 


काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचनको पुनः नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले उनीविरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

शेरचन प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जर भएपछि पनि निरन्तर सीईओ भएको भन्दै उनीविरुद्ध रिट परेको थियो । उनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापाले रिट दायर गरेकी थिइन् ।

दुई कार्यकालभन्दा बढी सीईओ हुन नपाइने व्यवस्था रहेको भन्दै शेरचनको नियुक्ति त्यसविपरीत रहेको थापाको जिकिर थियो । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिसनमा जाँदा सम्बन्धित पदमा पुनः नियुक्ति दिन वा लिन कुनै बाधा नपुग्ने सुविधा दिएको थियो ।

सेन्चुरी बैंकलाई गाभेपछि सञ्चालक समितिले शेरचनलाई पुनः सीईओमा नियुक्ति दिएपछि थापा अदालत पुगेकी थिइन् ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ७ : ४३ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को