२०८३, २ भाद्र बुधबार

युनेस्कोको ‘रचनात्मक शहर’ को सूचीमा काठमाण्डौ

युनेस्कोको ‘रचनात्मक शहर’ को सूचीमा काठमाण्डौ


काठमाण्डौ । राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाण्डौलाई ‘फिल्मको रचनात्मक शहर’ को रूपमा सूचीकृत गरेको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै काठमाण्डौ महानगरले यसबारेमा जानकारी गराएको हो । महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाण्डौ क्रिएट द काउन्सिल (केसीएसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ । चलचित्र क्षेत्रको विकास र विस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताइएको छ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम, गतिविधि कार्यान्वयन गर्ने महानगरको विश्वास छ ।

विश्व शहर दिवसको अवसरमा काठमाण्डौसहितका संसारका ५५ वटा शहरलाई क्रिएटिभ सिटिज नेटवर्कु मा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सात वटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ वटा नयाँ शहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र सङ्गीत समावेश छन् ।

चलचित्र उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वयरसहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्ने महानगरको नीति रहेको छ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि बर्सेनि अनुसन्धान फेलोशिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने महानगरले बताएको छ । चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाइएको छ ।

महानगरले अन्तर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म समिट जस्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ । युनेस्को क्रियटिभ सिटिज नेटवर्क (यूसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ६ : १८ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश