२०८३, ११ कार्तिक बुधबार

दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध

दाङका चार पालिकाद्वारा प्लास्टिकको फूलमाला बिक्रीमा प्रतिबन्ध


काठमाडौं । दाङका चार पालिकाले प्लास्टिकका फूलमालाको बिक्रीमा प्रतिबन्ध लगाएका छन् । तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा रोक लगाएका हुन् ।

तिहार नजिकिँदै गर्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको बिक्रीमा सहजताका लागि चार वटै पालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएका हुन् । चार वटै पालिकाले तिहारको समयमा प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकापछि मंगलवार राप्ती गाउँपालिकाले प्लास्टिकका माला प्रयोग नगर्न अपिल जारी गरेको हो । राप्तीले प्राकृतिक फूलको बजारीकरणमा सहजताका लागि पालिकाभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ।

यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिकका फूलमाला बजारमा देखिएका छैनन् । स्थानीय सरकारको यो व्यवस्थाले फूल खेती गर्दै आएका किसान खुसी भएका छन् ।

प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाएपछि उत्पादित फूलले बजार पाउने आशामा रहेको फूल खेती गरेका तुलसीपुर – २ का गणेश भण्डारीले बताउनुभयो । दाङमा यसवर्ष करिब २२ बिघा क्षेत्रफलमा फूल खेती गरिएको छ ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ५ : ५१ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव