२०८३, २ भाद्र बुधबार

दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो


काठमाडौं । गएराति दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ।

गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको जीप र रा २ प ४९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–२ की २६ वर्षीया सविना यादव भने घाइते हुनुभएको छ । उहाँको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  १० : ३८ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश