२०८२, २९ पुस मंगलबार

दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो


काठमाडौं । गएराति दाङमा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ।

गढवा–राजपुर हुलाकी सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको जीप र रा २ प ४९११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

मोटरसाइकल चालक राजपुर गाउँपालिका–२ बेला निवासी २४ वर्षीय श्रवणकुमार यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–२ की २६ वर्षीया सविना यादव भने घाइते हुनुभएको छ । उहाँको लमही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो । ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  १० : ३८ बजे

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७

देउवाको राजीनामा मुद्दामा सहमति जुटेन, त्रिपक्षीय वार्ता एक घण्टाका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता

“बागबजारको होडिङ बोर्ड” सपना र संघर्ष

धेरैपछि काठमाडौँ आएको छु,अन्तर्राष्ट्रिय विमानस्थलबाट झर्दा पहिलो सासमै केही फरक

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका