२०८२, २४ कार्तिक आईतबार

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु


काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए ।

सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको भनी प्रहरी चौकी हर्कपुरमा खबर पुगेको थियो । लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा उमेश गौतमकी श्रीमती अन्दाजी २७ वषर्ीया जानुका गौतमको वायाँ खुट्टामा पोलेको छ । उनको उपचार उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा भइरहेको छ ।

आगलागीबाट भाँडावर्तन, अन्नपात, काठपात समेत गरी एक लाख रुपैयाँ बराबरको क्षति भएको र आबश्यक कानुनी प्रकृया पूरा गरी मृतक कमला दाहाल गौतमको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

घटनास्थल प्रहरी चौकी हर्कपुरबाट एक किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ४१ किलोमिटर दक्षिणमा पर्दछ ।

प्रकाशित मिति : २०८०, १४ कार्तिक मंगलबार  ११ : १० बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।