२०८२, २७ पुस आईतबार

जावालाखेलमा आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी

जावालाखेलमा आजदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी


काठमाण्डौ । ललितपुरको जावलाखेलमा आजदेखि १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० शुरु हुँदैछ । फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा शुरु हुन लागेको प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्नेछ । यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

प्रदर्शनीमा सहभागी नर्सरीरफर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।

एसोसिएशनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तले मेलाको सबै तयारी पूरा भएको बताउनुभयो । मेलामा पुष्प व्यवसायका क्षेत्रमा भएका विकास र नवीनतम् प्रविधिलगायतको जानकारी पनि उपलब्ध हुने उहाँले बताउनुभयो ।

प्रदर्शनीमा व्यावसायिक कक्ष ५१, प्रतियोगितात्मक कक्ष दुई र सूचनामूलक चार गरी ५७ प्रदर्शनी कक्ष रहनेछन् । प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएशनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

एसोसिएशनले २०५१ सालदेखि पुष्प मेलारप्रदर्शनीको आयोजना गर्दै आएको छ । अहिले ४८ जिल्लामा झण्डै दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् ।

प्रकाशित मिति : २०८०, १४ कार्तिक मंगलबार  १० : ४७ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,