२०८३, ९ श्रावण आईतबार

यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान

यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी जापान


काठमाडौं । नेपाली यू-१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि हुनेछ ।

समुह एमा अपराजित हुँदै सेमिफाइल पुगेको नेपालले समुह डीको विजेताको रुपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।

यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समुह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस (डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समुह विजेता बनेको हो ।

यू–१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउने छन् ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ४ : २६ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा