२०८२, २१ चैत्र आईतबार

असनको पेटीमा दुई मजदुरको मृत्यु

असनको पेटीमा दुई मजदुरको मृत्यु


काठमाडौं । असन क्षेत्रमा भारी बोक्दै गुजारा चलाउने दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको कालिन्चोकका ५४ वर्षीय पूर्णबहादुर थामी र अर्का ३५ वर्षीय पुरुष छन् ।

उनको पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनीहरू ज्याला मजदुरीमा दैनिक काम गर्दै आएका थिए ।

प्रहरी वृत्त जनसेवाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार उनीहरू दैनिक ज्यालादारीमा काम गर्ने र राति सार्वजनिक स्थलमै सुत्ने गरेको खुलेको छ ।

उनीहरू शुक्रबार राति असनकै एक मन्दिरको पेटीमा बेहोस अवस्थामा फेला परेका थिए । उनीहरूलाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो ।

तर, अस्पतालले दुवै जनालाई मृत घोषण गरेको हो । पहिचान खुलेको थामीको शव परिवारले जिम्मा लिइसकेका छन् । अर्का पहिचान खुल्न बाँकी पुरुषको शव भने पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : २०८०, ३ कार्तिक शुक्रबार  ४ : १५ बजे

होटलमा डोजर चलेपछि कर्ण शाक्य आक्रोशित, ‘अधिग्रहण नगरी भत्काउन मिल्छ ?’

पोखरा । पोखरा को लेकसाइड क्षेत्रमा रहेको एक वाटरफ्रन्ट होटलमा

सानुभाइ भनिने युवराज गुरुङ फेरि पक्राउ

काठमाडौं । काठमाडौं मा ‘सानुभाइ’ उपनामले चिनिने युवराज गुरुङ लाई

भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, ६० भन्दा बढी पक्राउ

भक्तपुर । भक्तपुर मा सार्वजनिक शान्ति सुरक्षालाई मजबुत बनाउन जिल्ला

आज अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

काठमाडौं । आज संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र