२०८३, ३० जेष्ठ आईतबार

रुपन्देही उद्योग संघको चुनावमा एमाले-कांग्रेस गठबन्धन विजयी

रुपन्देही उद्योग संघको चुनावमा एमाले-कांग्रेस गठबन्धन विजयी


काठमाडौं । रुपन्देही उद्योग संघको २३ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी भएको छ ।

चार पदाधिकारी र १३ सदस्य पदका लागि भएको चुनावमा सबै पदमा माओवादी केन्ऽ, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी निकट उद्योगीहरुको प्यानललाई हराउँदै एमाले(कांग्रेस निकट उद्योगीको गठबन्धन विजयी भएको हो ।

सोमबार राति सकिएको मतगणनामा संघको द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री ४०० मत ल्याई विजयी भए भने उनका प्रतिष्पर्धी माया खनालले २८६ मत ल्याइन् ।

कोषाध्यक्षमा युवराज आचार्य ३७८ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिष्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत पाए ।

सचिवमा सुमन बस्याल ३९६ मत ल्याई विजयी हुँदा उनका प्रतिष्पर्धी कमल ज्ञवालीले २९१ मत ल्याए । सहकोषाध्यक्षमा विशाल बेलबासे ४२५ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिष्पर्धी प्रेमबहादुर आलेले २६८ मत ल्याए ।

महिला सदस्यमा मिना थापा तुलाधरले ४८९ र शारदा भट्टराईले ४५७ मत ल्याइ विजयी भएका छन् ।

८ जना खुला सदस्यका लागि भएको मतदानमा कृष्णप्रसाद पोखरेल ४८३, नारायणप्रसाद खनाल ४९२, मोहनीलाल रिजाल ४३१, बलबहादुर गोदार ४१५, अखिलेश गुप्ता ४२०, किरण खरेल ४८९, चक्रपाणी तिवारी ३७३ र अशोक कुँवर ४८० मत ल्याई विजयी भएको निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए ।

एक हजार १३ जना मतदाता रहेकोमा ७०३ मत खसेको थियो । संघको अध्यक्षमा भने यसअघि नै नेकपा एमाले निकट दिलीप सापकोटा निर्विरोध भइसकेका छन् ।

वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल पनि यसअघि नै निर्विरोध भएका थिए ।

त्यस्तै एशोसिएट सदस्यमा प्रज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य पनि निर्विरोध भएका छन् ।

प्रकाशित मिति : २०८०, ३० आश्विन मंगलबार  १० : ५१ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा