२०८३, १४ कार्तिक शनिबार

कांग्रेस–एमालेबीच सत्ता सहकार्य सुरु : को को परे मुख्यमन्त्री कार्कीको मन्त्रिपरिषदमा

कांग्रेस–एमालेबीच सत्ता सहकार्य सुरु : को को परे मुख्यमन्त्री कार्कीको मन्त्रिपरिषदमा


बिराटनगर । कांग्रेस–एमालेबीच सत्ता सहकार्य कोशी प्रदेशबाट सुरु भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठनसंगै सत्ता सहकार्य सुरु भएको हो ।

मुख्यमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणअगावै दुई मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको हो । उहाँहरुले केहीबेरमा पद तथा गोपनियताको शपथ लिन लाग्नुभएको छ ।

शनिबार कांग्रेसका प्रदेश सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त भएका कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेसका विद्रोही सांसदमध्ये शम्शेर राई र एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर मन्त्री नियुक्त गरिएको हो ।

राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त हुनुभएको हो । कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, २८ आश्विन आईतबार  ४ : ०६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा