२०८३, १ आश्विन शुक्रबार

कांग्रेस–एमालेबीच सत्ता सहकार्य सुरु : को को परे मुख्यमन्त्री कार्कीको मन्त्रिपरिषदमा

कांग्रेस–एमालेबीच सत्ता सहकार्य सुरु : को को परे मुख्यमन्त्री कार्कीको मन्त्रिपरिषदमा


बिराटनगर । कांग्रेस–एमालेबीच सत्ता सहकार्य कोशी प्रदेशबाट सुरु भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठनसंगै सत्ता सहकार्य सुरु भएको हो ।

मुख्यमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणअगावै दुई मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको हो । उहाँहरुले केहीबेरमा पद तथा गोपनियताको शपथ लिन लाग्नुभएको छ ।

शनिबार कांग्रेसका प्रदेश सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त भएका कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेसका विद्रोही सांसदमध्ये शम्शेर राई र एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर मन्त्री नियुक्त गरिएको हो ।

राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त हुनुभएको हो । कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८०, २८ आश्विन आईतबार  ४ : ०६ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण