२०८३, १४ असार सोमबार

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त


विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कार्की डा. शेखर कोइराला समूहका नेता हुन् ।

केन्द्रले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीसहित कांग्रेसका ८ सांसदले विद्रोह गरेका थिए ।

असोज २० गते एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वन गरेका थिए ।

संविधानको यो धारामा सांसदहरुलाई पार्टीको ह्वीप लाग्दैन ।

प्रदेश प्रमुखले शुक्रबार ५ बजेसम्मको समय दिएपनि कार्की र आङ्बोले बिहीबार नै आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए । दुवै जनाले बराबरी सांसद देखाएको भन्दै प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत गराएका थिए । सनाखतमा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  १० : ०० बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण