२०८३, १४ कार्तिक शनिबार

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त


विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध विद्रोह गरेका केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । कार्की डा. शेखर कोइराला समूहका नेता हुन् ।

केन्द्रले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कार्कीसहित कांग्रेसका ८ सांसदले विद्रोह गरेका थिए ।

असोज २० गते एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वन गरेका थिए ।

संविधानको यो धारामा सांसदहरुलाई पार्टीको ह्वीप लाग्दैन ।

प्रदेश प्रमुखले शुक्रबार ५ बजेसम्मको समय दिएपनि कार्की र आङ्बोले बिहीबार नै आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए । दुवै जनाले बराबरी सांसद देखाएको भन्दै प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको सनाखत गराएका थिए । सनाखतमा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  १० : ०० बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा