२०८२, २ मंसिर मंगलबार

बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण

बेइजिङमा इजराइली दूतावासका कर्मचारीमाथि आक्रमण


काठमाडौं । बेइजिङमा रहेको इजराइली दूतावासका एक जना कर्मचारीमाथि आज आक्रमण भएको इजराइलको विदेश मन्त्रालयले जनाएको छ ।

‘आज बेइजिङमा इजराइली दूतावासका एक इजराइली कर्मचारीमाथि आक्रमण भएको छ’, दूतावासको परिसरमा आक्रमण नभएको उल्लेख गर्दै विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘ती कर्मचारीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था स्थिर रहेको छ, आक्रमणको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’

यो घटनाबारे चीनको विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

हमासले गएको शनिवार इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो । हमासको आक्रमणमा इजरायलतर्फ एक हजार तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा एक हजार पाँच सय जनाभन्दा बढी प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  ५ : ४१ बजे

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा