२०८२, २ मंसिर मंगलबार

विदेशबाट फर्किदा मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको नबोक्नुहोस्, ल्याएका सामानको स्वघोषणा गर्नुहोस्

विदेशबाट फर्किदा मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको नबोक्नुहोस्, ल्याएका सामानको स्वघोषणा गर्नुहोस्


काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्कने नेपालीहरूलाई मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको बोकेर नआउन अनुरोध गरेको छ ।

स्वदेश फर्कन लागेका नेपालीहरूलाई विमानस्थलमा अपरिचित व्यक्तिहरूले विभिन्न प्रलोभनमा पारी नेपालको विमानस्थलसम्म पुर्‍याइदिन भन्दै मोबाइल, टिभी, घडी र सुन लगायत अन्य इलेकट्रोनिक सामान पठाउने क्रम बढेको भन्दै कार्यालयले यस्तो सामान साथमा नल्याउन अनुरोध गरेको हो ।

पछिल्लो समय विदेशबाट नेपाल फर्कनेहरूले साथमा ल्याउन पाउने गरी कानुनले तोकेभन्दा बढी सामानहरू ल्याउने क्रम बढेको छ ।

कानुनले तोकेभन्दा बढी सामान ल्याउनेहरूलाई सोधपुछ गर्दा नचिनेको र कतिपयले भने साथीभाइको सामान समेत बोकेर आउँदा भन्सार कार्यालयमा झमेला हुने गरेको छ । कतिपय व्यक्तिहरूले टिभी, घडीजस्ता चिजमा सुन लुकाएर पठाउने गर्दा विदेशमा काम गरेर फर्किएकाहरू कानुनी झमेलामा समेत परेका छन्।

त्यसैले विमानस्थल भन्सार कार्यालयले कानुनले तोकेभन्दा बढी समान नल्याउन आग्रह गरिरहेको छ । केही दिनअघि मात्र टिभी भित्र लुकाई सुन ल्याएका एक जना विमानस्थलमा सुरक्षा जाँचको क्रममा पक्राउ परेका छन् ।

कानुन अनुसार सुन, मोबाइल, ल्यापटप, घडी लगायतका समान ल्याउँदा विमानस्थलको भन्सार कार्यालयको यात्रु जाँच पास शाखामा रहेको स्वघोषणा कक्षमा स्वयम घोषणा गर्नुपर्छ ।

आफूसँग भएका सामानको स्वघोषणा गरेर भन्सार प्रक्रियामा अघि बढ्दा भन्सार प्रशासन तथा सुरक्षा निकायको झमेलामा परिँदैन ।

यस्तै विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउँदा सकेसम्म इमरजेन्सी लाइन, पावर ब्याङ्क, आइरन, हेयर ड्रायर, मिक्स्चर, पानी तान्ने मेशिन लगायतका सामान नल्याउन आग्रह गरेको छ ।

यस्तो सामानको सुरक्षा जाँचको प्रक्रिया झन्झटिलो हुने र समय पनि लामो लाग्ने भएकालाई यात्रुलाई असुविधा नहोस् भनेर यस्तो अनुरोध गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  ५ : ३७ बजे

पौडेलको चेतावनी “भदौ २३–२४ का घटना देशलाई प्रतिगमनतर्फ धकेले”

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भदौ २३

एमाले केन्द्रीय संगठन विभागको बैठक आज च्यासलमा सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक आज च्यासलस्थित

जनहित माविको ३१औँ वार्षिकोत्सव सम्पन्न, समाजसेवी लामाद्वारा विद्यालयलाई आर्थिक सहयोग

काभ्रे। खानीखोला गाउँपालिका-७ मा अवस्थित जनहित माध्यमिक विद्यालयले आफ्नो ३१औँ

एनपीएलमा आज दुई रोमाञ्चक खेल

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज दुई खेल

दुर्गा प्रसाईं पक्राउ : नागरिक बचाउ दल आजैदेखि आन्दोलनमा

काठमाडौं । दुर्गा प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित घरबाट प्रहरीले नियन्त्रणमा