२०८३, २६ आश्विन मंगलबार

विदेशबाट फर्किदा मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको नबोक्नुहोस्, ल्याएका सामानको स्वघोषणा गर्नुहोस्

विदेशबाट फर्किदा मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको नबोक्नुहोस्, ल्याएका सामानको स्वघोषणा गर्नुहोस्


काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्कने नेपालीहरूलाई मोबाइल, टिभी, घडी, सुनजस्ता सामान अरूको बोकेर नआउन अनुरोध गरेको छ ।

स्वदेश फर्कन लागेका नेपालीहरूलाई विमानस्थलमा अपरिचित व्यक्तिहरूले विभिन्न प्रलोभनमा पारी नेपालको विमानस्थलसम्म पुर्‍याइदिन भन्दै मोबाइल, टिभी, घडी र सुन लगायत अन्य इलेकट्रोनिक सामान पठाउने क्रम बढेको भन्दै कार्यालयले यस्तो सामान साथमा नल्याउन अनुरोध गरेको हो ।

पछिल्लो समय विदेशबाट नेपाल फर्कनेहरूले साथमा ल्याउन पाउने गरी कानुनले तोकेभन्दा बढी सामानहरू ल्याउने क्रम बढेको छ ।

कानुनले तोकेभन्दा बढी सामान ल्याउनेहरूलाई सोधपुछ गर्दा नचिनेको र कतिपयले भने साथीभाइको सामान समेत बोकेर आउँदा भन्सार कार्यालयमा झमेला हुने गरेको छ । कतिपय व्यक्तिहरूले टिभी, घडीजस्ता चिजमा सुन लुकाएर पठाउने गर्दा विदेशमा काम गरेर फर्किएकाहरू कानुनी झमेलामा समेत परेका छन्।

त्यसैले विमानस्थल भन्सार कार्यालयले कानुनले तोकेभन्दा बढी समान नल्याउन आग्रह गरिरहेको छ । केही दिनअघि मात्र टिभी भित्र लुकाई सुन ल्याएका एक जना विमानस्थलमा सुरक्षा जाँचको क्रममा पक्राउ परेका छन् ।

कानुन अनुसार सुन, मोबाइल, ल्यापटप, घडी लगायतका समान ल्याउँदा विमानस्थलको भन्सार कार्यालयको यात्रु जाँच पास शाखामा रहेको स्वघोषणा कक्षमा स्वयम घोषणा गर्नुपर्छ ।

आफूसँग भएका सामानको स्वघोषणा गरेर भन्सार प्रक्रियामा अघि बढ्दा भन्सार प्रशासन तथा सुरक्षा निकायको झमेलामा परिँदैन ।

यस्तै विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउँदा सकेसम्म इमरजेन्सी लाइन, पावर ब्याङ्क, आइरन, हेयर ड्रायर, मिक्स्चर, पानी तान्ने मेशिन लगायतका सामान नल्याउन आग्रह गरेको छ ।

यस्तो सामानको सुरक्षा जाँचको प्रक्रिया झन्झटिलो हुने र समय पनि लामो लाग्ने भएकालाई यात्रुलाई असुविधा नहोस् भनेर यस्तो अनुरोध गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  ५ : ३७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल