२०८३, २२ जेष्ठ शनिबार

केदार कार्कीले मुख्यमन्त्रीमा गरेको दाबी र सात सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध

केदार कार्कीले मुख्यमन्त्रीमा गरेको दाबी र सात सांसदलाई हस्ताक्षर फिर्ता लिन कोशी कांग्रेसको अनुरोध


काठमाडौं । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीले कोशीको मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ।

आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध हो।

प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिले कोशीको कांग्रेस संसदीय दललाई केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई पालना गर्न पनि अनुरोध गरेको छ।

‘पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरियो,’ थापाले भने,‘केन्द्रले थप केही निर्देशन दिए त्यसको निर्णय गर्ने अधिकार कांग्रेस प्रदेश पदाधिकारीलाई दिने निर्णय गरियो।’

सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। तर केदार कार्कीसहित कांग्रेसका सांसदहरूले उक्त निर्णयलाई चुनौती दिएका थिए।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  २ : ०० बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति