२०८३, २२ आश्विन शुक्रबार

कोशी प्रदेशमा माओवादी कांग्रेसबीच द्धन्द : हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सभासदहरुको विरोध

कोशी प्रदेशमा माओवादी कांग्रेसबीच द्धन्द : हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सभासदहरुको विरोध


विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका छन् ।

कांग्रेसको शेखर कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यले आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै उनको कार्यालयमा निवेदन दिएका छन् । ती प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् ।

माओवादीका आङबोले पनि उनीहरुकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि आफूहरुको हस्ताक्षर दुरुपयोग भएको कांग्रेस सभासदहरुको भनाइ छ । नेपाली कांग्रेसका कार्कीलाई समर्थन गर्नेमा इलामका शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् । कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ जना प्रदेश सांसद छन् । तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

केन्द्रमा गठबन्धन दलहरुका शीर्ष नेताहरुले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कांग्रेसको कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ११ : १८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य