२०८२, २० कार्तिक बुधबार

मुख्यमन्त्रीको दाबी गर्न एमाले र कांग्रेसका असन्तुष्ट पक्ष प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडे

मुख्यमन्त्रीको दाबी गर्न एमाले र कांग्रेसका असन्तुष्ट पक्ष प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडे


काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेका छन् ।

कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरु मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेको एमालेका एक सांसदले बताए । यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेको बताइएको छ ।

कांग्रेसको कोइराला पक्षले आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको बुझिएको छ । गठबन्धनको बिहीबारको बैठकले माओवादीका इन्द्र आङबोलाई मुख्मन्त्रीका रुपमा प्रस्ताव गर्ने बिहीबार काठमाडौँमा निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ४ : ४९ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज