२०८२, १२ पुस शनिबार

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई विशाल अन्तरले हरायो

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई विशाल अन्तरले हरायो


काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको इरानका ब्याट्सम्यानलाई प्रारम्भदेखि नै नेपाली बलरहरूले दबाबमा राखेका थिए ।

इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए । उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए । सुवास भण्डारीले पनि तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारे ।

त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए ।

विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रेले पनि अर्धशतकीय पाली खेलेका थिए । दीपकले केवल ४४ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ६९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९ रन बनाए भने सुवास भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए ।

नेपालले अतिरिक्त रूपमा पनि २६ रन पाएको थियो । इरानका बलर दादरहमान रइसी र सलमान नियाजमन्दले तीन—तीन विकेट लिए । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १ : ०६ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको