२०८२, २५ माघ आईतबार

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई विशाल अन्तरले हरायो

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले इरानलाई विशाल अन्तरले हरायो


काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ । मलेसियामा जारी उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । ठुलो लक्ष्य पछ्याएको इरानका ब्याट्सम्यानलाई प्रारम्भदेखि नै नेपाली बलरहरूले दबाबमा राखेका थिए ।

इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अमेर खोरसान्दले इरानका लागि ३७ रन बनाएका थिए । उनले २२ बलमा पाँच छक्का र एक चौका हिर्काएका थिए ।

तल्लो क्रमका ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन विकेट लिए । सुवास भण्डारीले पनि तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारे ।

त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए ।

विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रेले पनि अर्धशतकीय पाली खेलेका थिए । दीपकले केवल ४४ बलमा दुई छक्का र आठ चौकाको मद्दतले ६९ रनको योगदान गरे । त्यसअघि ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि टोलीका लागि अर्धशतकीय पाली खेलेका थिए । उनले ५९ बलमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए ।

दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९ रन बनाए भने सुवास भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए ।

नेपालले अतिरिक्त रूपमा पनि २६ रन पाएको थियो । इरानका बलर दादरहमान रइसी र सलमान नियाजमन्दले तीन—तीन विकेट लिए । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १ : ०६ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय