२०८२, १० माघ शनिबार

कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी,नेपाललाई छैन जानकारी

कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी,नेपाललाई छैन जानकारी


काठमाडौं । नेपाललाई कुनै जानकारी नगराई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आउनु भएको छ । मोदी हेलिकोप्टर चढेर आज बिहान नेपाली भूमि कालापानी क्षेत्रमा आउनु भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रको भ्रमणको क्रममा आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । उहाँले भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

मोदीले भ्रमण गरेको क्षेत्र नेपाली भूमि हो । भारतले नेपाल–भारत सिमानामा पर्ने सो क्षेत्र लामो समयदेखि हडपेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तथ्य र प्रमाण हुँदाहुँदै पनि भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

भारतीय प्रधानमन्त्री मोदी नेपाली भूभागमा आउँदा भारतीय पक्षले नेपाललाई कुनै जानकारी दिएको छैन । मोदीले सामाजिक सन्जाल एक्समा पिथौरागढमा परियोजनाहरुको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो यो भ्रमणको आधात्मिक महत्व भएको पनि बताउनु भएको छ ।

मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्रको भ्रमणमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १ : ०३ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको